तेह्रथुम, १३ भदौ । पछिल्लो समय जिल्लामा सम्बन्धविच्छेद गराउनेको संख्या बढ्दै गएको छ ।
विभिन्न प्रकृतिका घरेलु हिंसा भएको मुख्य कारण देखाउँदै महिलाले आफ्नो श्रीमानसँग सम्बन्धविच्छेद गर्ने क्रम बढेको हो ।
जिल्लामा बर्सेनि सम्बन्धविच्छेद गरेर श्रीमान त्याग्ने महिलाको संख्या बढ्दै गएको जिल्ला अदालतको तथ्याङकले देखाएको छ । जिल्ला अदालतले फैसला सुनाएकामध्ये पछिल्ला तीन आवमा जिल्लामा ८४ जोडीले सम्बन्धविच्छेद गरेका छन् । गोरखापत्रमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्