सम्पादकीय

भृकुटीमण्डपको जग्गा दुरुपयोग



काठमाडौं, १३ भदौ । राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् ।  समाजकल्याण परिषद्को नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा सस्तो दरमा भाडामा लिएर सांसद टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् ।

मनाङ धारापानीका रवीन्द्र गुरुङ –हाल लनडन को वारेसमा पूर्वराज्यमन्त्री भइसकेका सांसद गुरुङले विगत पाँच वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गा भाडामा लिएर फनपार्क चलाइरहेका छन् ।

गुरुङले ६० रोपनी जग्गालाई मासिक पाँच लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् । उक्तजग्गा २०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो । गुरुङले मासिक ५ हजार बढाएर भाडामा लिएका थिए । नागरिकमा समाचार छ ।