सम्पादकीय

ताकेता गर्दा पनि शिक्षाका कर्मचारी स्थानीय तहमा गएनन्



काठमाडौं, १३ भदौ । शिक्षा मन्त्रालयले खटाइएका कर्मचारीलाई स्थानीय तहमा गएर काम गर्न ‘अल्टिमेटम’ दिए पनि वरिष्ठताको विवादले उनीहरू गएका छैनन् । खटाइएका केही कर्मचारी स्थानीय तहमा हाजिर भए पनि काम नपाएपछि निराश भएर दिन कटाइरहेका छन् । मन्त्रालयले स्थानीय तहमा खटाइएका शिक्षा सेवाका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन ६ भदौमा निर्देशन दिएको थियो ।

विभिन्न कारण देखाउँदै स्थानीय तहमा नगएपछि उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठसहितको बैठकले खटाइएका कर्मचारीलाई हाजिर हुन र सोको जानकारी दिन निर्देशन दिएको थियो । हाजिर हुन नजाने भए कारण खोली लिखित रूपमा मन्त्रालयको कर्मचारी प्रशासन शाखामा निवेदन दिन पनि निर्देश गरिएको छ ।

निर्देशनमा भनिएको छ, ‘समयभित्र हाजिर हुन नसक्ने कारणबारे निवेदन पनि नदिने कर्मचारीहरूको हकमा पछि अर्को कुनै व्यवस्था गर्न नसकिने व्यहोरासमेत यसै सूचनाद्वारा जानकारी गराइएको व्यहोरा निर्देशानुसार अनुरोध छ ।’

कतिपय कर्मचारी कारणसहित मन्त्रालयमा पत्र लेखेर खटिएको ठाउँमा गएका छैनन् । शंखरापुर नगरपालिकामा खटिएका शिक्षाका उपसचिव देवीरञ्जन हुमागाईंले आफूभन्दा जुनियर कर्मचारी कार्यकारी अधिकृत भएकाले काम नगर्ने लिखित पत्र शिक्षा मन्त्रालयमा बुझाएका छन् । उनले भने, ‘कार्यकारी जुनियर भएकाले काम गर्न गएको छैन । नयाँपत्रिकामा समाचार छ ।