सम्पादकीय

औषधिको मनपरी बिक्री



काठमाडौं, १४ भदौ । बजारमा औषधिजन्य पदार्थको अवैधानिक तबरबाट बिक्रीवितरण हुने गरेको पाइएको छ । सरकारले अनुगमनलाई औपचारिक बनाउँदा र नियमनकारी निकायले प्रभावकारी भूमिका निर्वाह नगर्दा अवैध रुपमा औषधि बिक्रीवितरण भएको हो ।

औषधि व्यवस्था विभागले विनादर्ता औषधि बिक्रीवितरण नगर्न लिखित तथा मौखिक निर्देशन दिए पनि औषधि व्यवाियीहरुले विभागको निर्देशन अवज्ञा गर्ने गरेका छन् ।

पछिल्लो १० दिनमा औषधि व्यवस्था विभाग र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको संयुक्त विशेष अनुगमनका क्रममा ८० औषधि पसलमध्ये २० वटालाई सिलबन्दी गरिएको थियो ।

ती पसलहरु दर्ता नगरी सञ्चालनमा आएको, प्रतिबन्धित औषधि बिक्रीवितराणका लागि राखेको, औषधि पसलनै दर्ता नभएको, लामो समयदेखि नविकरण नगरिएको र वैदेशिक रोजगारीमा जानेहरुका लागि शारीरिक परीक्षण एउटै देखाइने गरी ल्याब सञ्चालनमा भएको भेटिएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले बताएको छ । समाचारपत्रमा समाचार छ ।