सम्पादकीय

भ्रष्टाचारी नेता अनुकूल कानून बनाउन प्रधानमन्त्रीको लबिङ



काठमाडौं, १४ भदौ । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशनमा निर्वाचनसम्बन्धी विधेयक संसदमा आड्किएको छ । अदालतले दोषी ठहर गरेर सजाय भुक्तान गरिसकेको व्यक्तिले निर्वाचन लड्न पाउने गरी कांग्रेसका १९ सांसदको सशोधन प्रस्तावअनुसार विधेयक अघि बढाउन देउवाले राज्य व्यवस्था समितिलाई दबाब दिएको श्रोतको दाबी छ ।

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएर सजाय भुक्तान गरेका खुमबहादुर खड्का, चिरञ्जीवी वाग्लेलगायतलाई निर्वाचनमा उठाउने गरी कांग्रेस सांसदहरुले संशोधनको माग गरेका हुन् ।

सांसहरुले राखेको संशोधनअनुसा नै निर्वाचन कानून बन्नुपर्नेमा खड्का पक्षले पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवालाई दबाब दिइरहेको कांग्रेस निकट श्रोतले जनाएको छ । नयाँ पत्रिकामा सामाचार छ ।