सम्पादकीय

साझा प्रकाशनमा बेथितिः कारबाही गर्न मन्त्रीको आलटाल



काठमाडौं, १४ भदौ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले अनियमितताको आरोप लागेका साझा प्रकाशनका अध्यक्ष डोलिन्द्रप्रसाद शर्मालाई कारबाही गर्न छानविन समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा आलटाल गरेको छन् ।

मन्त्रालयका अनुगमन उपसचिव गणेश ढकालको नेतृत्वमा गठित छानविन समतिले एक साताअघि अध्यक्ष शर्मा र सञ्चालक समितिलाई हटाउनुपर्ने सिफारिससहितको प्रतिवेदन मन्त्री श्रेष्ठलाई बुझाएको थियो ।

प्रतिवेदन कार्यान्वयन गर्न मन्त्रीले नै आलटाल गरिरहेको मन्त्रालय श्रोतल जनायो । श्रोतका अनुसार केही दिनपहिले महाप्रबन्धक शर्माले पूर्वशिक्षामन्त्री चित्रलेखा यादवसहित मन्त्री श्रेष्ठलाई भेटेर कारबाही अघि नबढाउन आग्रह गरेका थिए । नागरिकमा समाचार छ ।