भक्तपुर,१४ भदौ । सूर्यविनायक नगरपालिका वडा नं ९ ले आज एक समारोहबीच तराईका बाढी पीडितलाई सहयोगार्थ १ लाख पाँच सय पाँच रुपिया मेयर बासुदेव थापालाई हस्तान्तरण ग¥यो । वडा अध्यक्ष उपेन्द्र केसी नेतृत्वमा गएका स्थानीयवासीहरुले नगरपालिकाको मेयरको कार्यकक्षमा भेटेर सो रकम प्रदान गरेका हुन् ।
सो अवसरमा मेयर थापाले तराईको घाउँमा पहाड दुख्नु पर्छ भन्ने मान्यताले ९ वडाले काम गरेकोमा वडा अध्यक्ष मार्फत सम्पूर्ण वडावासीहरुलाई धन्यवाद दिदै संकलित रकम एक साताभित्र पीडित कहाँ पुग्ने वताउँनु भयो ।
प्रतिक्रिया दिनुहोस्