काठमाडौं, १५ भदौ । दक्षिण एसियाली मुलुकसँग जोड्ने महत्वपूर्ण प्रवेश मार्गको रुपमा विकास गर्ने उद्देश्यसहित चीनले ‘स्तरोन्नति लगभग पूरा’ गरेर रसुवागढी–केरुङलाई बुधबार अन्तर्राष्ट्रिय नाका घोषणा गरेको छ ।
नेपालको निरन्तर आग्रहपछि रसुवागढी–केरुङ नाका अन्तराष्ट्रियस्तरको बनेको हो । चिनियाँ र नेपाली नागरिकले मात्र आवत जावत गर्दै आएको यो नाका अब तेस्रो मुलुकका नागरिकले पनि प्रयोग गर्न पाउने छन् ।
खासा नाका बन्द भएपछि समस्यामा परेका भारतीय व्यापारीलाई अब चीनबाट सामान ल्याउन सहज भएको छ । चीन र नेपाबीच रहेको र्एकमात्र अन्तर्राष्ट्रिय नाका तातोपानी भूकम्पपछि बन्द भएकोले रसुवागढी–केरुङ नाकालाई अन्तराष्ट्रियकरण गर्न नेपालले आग्रह गर्दै आएको थियो । चीनले स्तरोन्नति नभएको भन्दै नेपालतर्फको पूर्वाधारमा समेत चासो राख्दै व्यवस्थित बनाउन आग्रह गर्दै आएको छ ।
नेपाल र जनवादी गणतन्त्र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका २०७१ मंसिर १५ देखि दुईपक्षीय रुपमा सञ्चालनमा आएको थियो । नाका संचालनपछि नेपाली र चीनियाँ नागरिकहरु वैधानिक राहदानी र भिसा लिएर एकअर्काका मुलुकमा आवत–जावत गर्न सकेपनि अन्य मुलकका नागरिक त्यो नाकाबाट आवतजावत गर्न पाउँदैन थिए ।
बुधबार भएको निर्णयले उक्त नाकाबाट अब तेस्रो मुलकुका नागरिक पनि आवतजवत गर्ने बाटो खुलेको छ । भिसा भएका तेस्रो मुलकका नागरिकले उक्त बाटो प्रयोग गर्न सक्छन् । त्यो नाका नखुल्दा स्थलमार्गबाट चीनबाट सामान ल्याउने भारतीय ब्यापारीलाई असहज भएको थियो । अब अन्य मुलुकका पर्यटक पनि त्यहाँबाट सिगात्से तथा ल्हासा जान पाउने छन् । कानितपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्