सम्पादकीय

आचारसंहिता छल्न मध्यरातमा दुई सय ५० बढी कर्मचारी सरुवा



काठमाडौं, १६ भदौ । सामान्य प्रशासन मन्त्रालयले बुधबार मध्यराति दुई सय ५० भन्दा बढी कर्मचारी सरुवा गरेपछि बिहीबार बिहानैदेखि तनाव भएको छ ।  नियमविपरीत एकतर्फी रुपमा कर्मचारी सरुवा गरेको भन्दै अधिकारिक ट्रेड युनियनलगायत कर्मचारीसम्बद्ध विभिन्न संगठन विरोधमा उत्रिएपछि तनाव भएको हो ।

प्रहरीले दिनभर मन्त्रालयमा सुरक्षा दिएको थियो । निर्वाचन आयोगले बिहीबारदेखि आचारसंहिता लागू गर्ने घोषणा गरेपछि मन्त्रालयले रातारात कर्मचारी सरुवा गरेको थियो ।

मन्त्रालयले राजपत्रांकिततर्फ ९४ उपसिचव र ३५ अधिकृत गरी एक सय २९ तथा राजपत्रअनंकित (खरिदार, नयवसुब्बा र कार्यालय सहायोगी) गरी झन्डै एक सय ४० कर्मचारी सरुवा गरेको हो । मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बिहीबार दिउँसोसम्म पनि सरुवाको पूर्ण विवरण पाउन सकेका थिएनन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।