सम्पादकीय

एक हजार मालवाहक कन्टेनर एक महिनादेखि भन्सारमै



रसुवा, १६ भदौ । रसुवागढी भन्सारमा केरुङबाट आएका मालबाहक कन्टेनर एक महिनादेखि अलपत्र परेका छन् । भर्खरै घोषित अन्तराष्ट्रिय नाकामा कारोबार मूल्य तोक्ने विषयमा कर्मचारी र व्यापारीबीच समझदारी हुन नसकेपछि झण्डै हजार गाडी अलपत्र परेका हुन् ।

सरकारले चालु आवका लागि गत वर्षको तुलनामा राजस्व लक्ष वृद्धि गरेपछि भन्सार कर्मचारीबीच दररेटमा भएको फेर बदलमा कुरा नमिलेपछि दशैं तिहारजस्ता चाडवाडका लागि व्यापारीले ल्याएका सामान नाकामा अलपत्र परेका छन् । रोकिएका वस्तुमा तयारी पोसाक, कम्म्युटर पार्टस्, फर्निचर, व्याग, कस्मेटिक, विद्युत्का समान रहेका छन् ।

व्यापारीले भन्सार तिरेर सामान नछुटाएकोले केही गाडी बाँकी रहेका र कोही कन्टेनर भन्सार तिरेर भित्रिने क्रममा रहेको भन्सार कार्मचारीको भनाई छ । गारेखापत्रमा समाचार छ ।