शैक्षिक

प्रेस चौतारी भक्तपुर कविताको नेतृत्वमा



भक्तपुर,१७ भदौ । प्रेस चौतारी नेपाल भक्तपुर शाखाको पहिलो पटक महिलाको नेतृत्वमा नयाँ नेतृत्व कार्य समिति चयन भएको छ ।
शनिबार बसेको जिल्लाको विशेष बैठकले कार्य समिति पुनःगठित गरेको हो । जसमका अध्यक्षमा कविता थापा, उपाध्यक्षमा रामचन्द्र प्रजापति, सचिवमा हेमराज ढकाल, सहसचिवमा चुडामणी पौडेल र कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ चयन भएका छन् ।
त्यसैगरी कार्यसमिति सदस्यमा अञ्जना शिल्पकार, सविना केसी, चन्द्रकृष्ण श्रेष्ठ, लीला श्रेष्ठ, भगवती क्षेत्री, सविता हाडा र सरिना श्रेष्ठ चयन भएका छन् ।
शाखाको अध्यक्ष सोम शर्मा बजगाईं प्रेस चौतारीको केन्द्रीय सदस्यमा मनोनयन भएपछि नयाँ कार्य समिति चयन भएको हो ।
नयाँ नेतृत्वलाई नेकपा एमाले भक्तपुरका उपाध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख श्याम बस्नेत, चौतारीका केन्द्रीय सदस्यद्वय प्रकाश सिलवाल र बजगाईंले शुभकामना तथा बधाई व्यक्त गरका छन् ।