काठमाडौ, २० भदौ । काठमाडौंको दरबारमार्गमा रहेको ब्राण्डेड पसलले ‘सेल’ का नाममा अत्याधिक मूल्य लिइ उपभोक्तालाई ठग्ने गरेको पाइएको छ ।
आपूर्तिमन्त्री शिवकुमार मण्डलसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको अनुगमन नाम चलेका ब्रान्डेड पसलले उपभोक्तालाई ठगने गरेको फेला पारेको हो ।
दरबारमार्गका ब्रान्डेड पसलले प्रचलित मूल्यभन्ददा तेब्बर मूल्य राखेर ५० प्रतिशतभन्दा बढी छुट दिइ सेलमा राखिएका सामानबाट उपभोक्तलाई सिधै ठगी गर्ने गरेको सोमबार गरिएको अनुगमनमा फेला परेको छ ।
अनुगमन टोलीले दरबारमार्गमा रहेका पुमा, नाइक, बेन्ट्ले र स्टोर वानमा अनुगमन गरेको थियो । त्यस क्रममा अधिकांश व्यवसायीले ११ गुणासम्म मूल्य लिएको पाइएको हो । कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्