सम्पादकीय

सुत्केरीलाई पेटीमै राखेर उपचार



काठमाडौं, २१ भदौ । चार दिनअघि सुतकेरी भएकी सामाखुसीकी सविना नाज अस्पतालको पेटीमै सुत्छिन् । थापाथलीस्थित प्रसूतिगृहमा उनको उपचार चलिरहेको छ । अस्पतालको आकस्मिक कक्षमा बेड नपाएपछि चारदिने शिशु लिएर पेटीमै सुत्नुपरेको उनले सुनाइन् । ‘रातभरि लामखुट्टेले टोक्छ, आमाबच्चा दुवै निदाउन पाएका छैनौं,’ उनले भनिन, ‘फेरि डाक्टर पनि पेटीमा सुत्ने बिरामीलाई हेर्न खासै आउँदैनन् ।’

सुरुदेखि नै गवैवती जाँच गराउन प्रसूति आएकाले यही अस्पतालमा सुत्केरी हुनुपर्ने बाध्यता भएको उनले सुनाइन् । पेटी नजिकको शैचालय गन्हाएर खाना खान र आरम गर्न पनि नसकिएको उनले बताइन् ।

‘धेरैपटक डाक्टर र नर्ससँग झगडा पर्यो सुतकेरी भइसकेपछि कतै रिफर गर्न पनि मिल्दैन भन्छन्,’ आलो सुत्केरीलाई कहिलेसम्म भूइँमा सुताउने ?’ नाजका श्रीमान् मुदसिर आलमले गुनासो गरे ।कान्तिपुरमा समाचार छ ।