गुल्मी, २१ भदौ । गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ । गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ ।
नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका अनुसार थामडांडा गाउँभरी भाईरल फैलिएको छ । प्रभावित क्षेत्रमा दुई जना स्वास्थ्यकर्मी टोली खटाईएको छ ।, ‘गाउँका ३ ।४ सय जना प्रभावित छन्, उनले भने, ‘उपचार जारी छ ।’
धेरैजसोमा रुघा, खोकी, ज्वरो र शरीर दुख्ने समस्या देखिएको अधिकारीले बताए ।, जिल्लामा मंगलबार मात्र औषधि आइपुगेकाले सबैलाई सरस्वती माविमा भेला गराएर उपचार थालिएको उनले जानकारी दिए । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्