Banner News

गठबन्धन भाडिएसंगै एमालेको कार्यकर्ता पक्ति उत्साहितः माओवादी कांग्रेसमा निराशा



काठमाडौ,२२ भदौ । महागठबन्धन गरेर एमालेलाई साईजमा घटाउने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुस्पकमल दाहालको सपना पुरा नहुने भएको छ। तराईमा महागठबन्धन भए आफुलाई धक्का लाग्छ कि भनेर चिन्तामा रहेको एमाले त्यो नभए पछि उत्साही भएको छ।

तराईमा चुनावी परिणामलाई भेजमा तुलना गरेको एमालेले गठबन्धन भत्किए पछि ननभेजचुनावी परिणाम ल्याउछु भन्दै आक्रमका चुनावी प्रचार प्रसारमा उत्रिएको छ । एमालेका एक नेताले भने‘ हामी कसैसग तालेमल गर्दैनौ , हामीलाई सिंगल सिंगल भिडन्त गर्न पाए पुग्छ’। सर्लाहीको दक्षिण भागमा अलि कम्जोर मानिएको एमाले राजापका क्षेत्र नं ५ का सांसद जंगी राय यादव एमालेका पक्षमा लागेपछि निकै उत्साही भएको छ । यसबाट पनि त्यस जिल्लामा सोचे भन्दा बढि परिणाम हात पार्ने आसमा एमाले रहेको छ ।

प्रदेश नम्बर २ का एमालेको प्रभाव रहेका करिब एक दर्जन स्थानीय तहमा तालमेल गर्ने सत्तारुढ गठबन्धनको प्रयास अन्तिम समयमा आएर भाँडिएको छ । तालमेल भाँडिनुमा कांग्रेस र माओवादीले एकअर्कालाई दोष लगाउन थालेका छन् भने एमालेले राहत महसुस गरेको छ । केन्द्रको तालमेल विरुद्ध नेपाली कांग्रेसका जिल्ल नेताहरु गएपछि भाँंडिएको बताईएको छ ।

नेपाली कांग्रस र माओवादी केन्द्रबीच उम्मेदवारी मनोनयनको केही घण्टा अगाडि मात्रै भइसकेको तालमेल समेत भाँडिएको छ । तालमेल भाँडिएकै कारण सर्लाही लालबन्दीको मेयर उम्मेदवार बन्न गएका माओवादीका केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकी उम्मेदवार नबनी फर्किए । लालबन्दीमा माओवादीले मेयर र कांग्रेसले उपमेयर लिएर चुनावी तालमेल गर्ने निर्णय एक साताअघि नै भएको थियो ।

तर, अन्यत्र कुरा नमिलेपछि लालबन्दीको पनि तालमेल भाँडिएको बताईएको छ । कांग्रेस र माओवादीका शीर्ष तहमा तालमेलको सहमति भएको थियो । प्रचण्डले शेरबहादुर देउवा समक्ष राखेको ६०÷४० अनुपातको शक्ति सन्तुलनबाट वडादेखि मेयरसम्म तालमेल गर्ने गरी दुबै पक्षका नेताहरुबीच वार्ता भएको थियो ।

मेयर उपमेयरमा मात्र तालमेल गर्दा अपेक्षित सफलता नभएकाले यसपटक वडादेखिनै तालमेल गर्ने निर्णय भएको थियो । तर कांग्रेसले धेरै वडा दाबी गरेका कारण कुरा नमिलेको मओवादीले आरोप लगाएको छ ।