राजनीति

प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई ९५ दलले पाए चिन्ह



काठमाडौं, २३ भदौ । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि दल दर्ता गराएका पार्टीहरुलाई निर्वाचन चिह्न प्रदान गरेको छ । आयोगको बिहीबार साँझ बसेको बैठकले निवेदन दिने दलहरुको चिन्ह निक्र्यौल गरेको हो ।

आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाच्नका लागि ९५ वटा दलहरुले दल दर्ताको निवेदन दिएका थिए । हाल संसदमा रहेका राजनीतिक दलहरुले यसअघि प्रयोग गर्दै आएका चुनाव चिन्ह नै पाएका छन् भने अन्य संसदमा प्रतिनिधित्व नगरेका दलहरुले पनि आफूले माग गरेअनुसारको निर्वाचन चिन्ह पाएका छन् ।

आयोगले केही दललाई भने मिल्दोजुल्दो चिन्ह प्रदान गरेको छ । राप्रपाबाट हालै छुट्एिको राप्रपा प्रजातान्त्रिकलाई ‘गोलाकारभित्र हलो’ र राप्रपाबाट यसअघि नै छुट्एिको प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा राष्ट्रवादीलाई ‘आयातकारभित्र हलो’ चिन्ह दिइएको छ । यस्तै, राष्ट्रिय जनता पार्टीलाई छाता चिन्ह दिइएको छ भने जनशक्ति पार्टीलाई गोलाकारभित्र छाता चिह्न प्रदान गरिएको छ ।

स्थानीय तहको निर्वाचनमा संसदमा प्रतिनिधित्व नगरेका दलहरुलाई दलीय मान्यता नदिएपछि स्वतन्त्र हैसियतमा निर्वाचनमा भाग लिनु परेको थियो ।