काठमाडौं, २४ भदौ । नेपालबाट सामान मात्र होइन, हरेक साताजसो बैंक नोटसमेत कार्टुनमा प्याक भए सिंगापुर जान्छ । गत आर्थिक वर्षमा ३१ पटक यसरी बैंक नोट कार्टुनमा प्याक भएर कार्गोमार्फत सिंगापुर पुगेको राष्ट्र बैंकको अभिलेखले देखाउँछ ।
आर्थिक वर्ष ०७३÷७४ मा १२ करोड ५४ लाख २० हजार अमेरिकी डलर बराबरको विभिन्न देशका मुद्रा कार्गोमार्फत नेपालबाट सिंगापुर पठाइएको छ । नेपाली बजारमा खपत नहुने विदेशी नोटलाई साताको दुईपटक कार्गो गरेर सिंगापुर पठाउने गरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक जनकबहादुर अधिकारीले बताए ।
उनले भने, ‘एक पटकमा बढीमा ५० लाख अमेरिकी डलर बराबरको विदेशी मुद्रा विदेशी बैंकमा निक्षेपगर्न पठाउँदै अएका छौं । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्