
काठमाडौं, २४ भदौ । सरकार स्थानीय तहको निर्वाचन मिति घोषणाको गृहकार्यमा सक्रिय रहेका बेला राजधानीमा तस्करीको सुन बरामद हुने क्रम ह्वात्तै बढ्यो । लामो समयदेखि निर्वाचन चर्चामै समेटिएको थियो ।
गत पुसमा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रका नेता निर्वाचनका लागि सहमत भएसँगै मिति घोषणाको गृहकार्य सुरुभयो । यहीबीच राजधानीमा भटाभट तस्करीका सुन बरामद हुन थाल्यो । सुरक्षा निकाय र निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटेकै बेला पुष १३ मा थानकोटमा ७ किलो सुन फेला पर्यो ।
सो सुनको अनुसन्धान सकिएकै थिएन पुस २१ मा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले त्रिभुवन विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन फेला पार्यो । जसले रामै्र तरंग ल्यायो । सरकारले आयोगलाई २०७४ वैशाख अन्तिमसम्म निर्वाचन गर्ने तयारी थाल्न निर्देशन दियो । सुन बरामद हुने क्रम रोकिएन । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्