सम्पादकीय

विदेशमा अपराध, नेपालमा अनुसन्धान



काठमाडौं, २४ भदौ । एक नेपाली युवालाई टर्कीमा अपहरण गरेर वंगलादेशमा फिरौती असुल गरिएको घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ । नेपाल प्रहरीको पहलमा अपहरणकारीको वंगलादेशमा रहेको बैंक खाता रोक्का गरिएको छ ।

इन्टरपोलमार्फत प्रहरीले अपहरणकारी पक्राउ गर्न पहल गरेको छ । रुकुमका झलक नकाल ६ महिनाअघि टर्कीको इस्तानबुलमा अपहरणमा परेका थिए । नौ हजार अमेरिकी डलर दिएपछि उनलाई मुक्त गरिएको थियो । फिरौती भने बंगलादेशमा लिइएको थियो ।

नकालले नेपाल फर्किएर प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो(सीहाइबी) मा उजुरी गरेपछि घटनाको अनुसन्धान अघि बढाइएको हो । नयाँ पत्रिकामा समाचार छ ।