सम्पादकीय

कर्मचारी र शिक्षकका छोराछोरी सरकारी विद्यालयमै पढाउनुपर्ने



भोजपुर, २५ भदौ । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले शिक्षक तथा सरकारी कर्मचारी आफ्ना छोराछोरी अनिवार्य रुपमा सरकारी विद्यालयमा मात्र पढाउनुपर्ने निर्णय गरेको छ ।

सरकारी विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजी विद्यालय पढाउने र सर्वसाधारणका छोराछोरीलाई लापरबाही ढंगले अध्ययन गराउने गरेको ठहर गर्दै यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता सुनिल राईले जानकारी दिए ।

कतिपय विद्यालयका शिक्षकहरु समायमा हाजिर नहुने, विद्यालय समयमा जाड रक्सी खाएर आउने, खेताला शिक्षक पठाउने लगायतको क्रियाकलाप गरेको पाइएकाले त्यास्तो अनैतिक कामलाई रोक्दै शिक्षामा गुुणस्तर कायम गर्न यस्तो निर्णय गरेको उनको भनाई छ । राजधानीमा समाचार छ ।