काठमाडौं, २५ भदौ । एमबिबिएस अध्ययन गर्न बंगलादेश गएका झन्डै दुई सय नेपाली विद्यार्थी अलपत्र परेका छन् । अलपत्र विद्यार्थीको उद्धारका लागि समन्वय गरिदिन भन्दै बंगलादेशस्थित नेपाली दुतावासले परराष्ट्र मन्त्रालयमार्फत नेपाल मेडिकल काउन्सिल र शिक्षा मन्त्रालयको छात्रवृत्ति शाखालाई पत्र पठाएको छ ।
नेपालबाट मेडिकल शिक्षा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थीहरु बंगलादेश जाने गरेका छन् । नेपालमा एमबिबिएसको सिट कटौती भएको मौका छोपी विभिन्न कन्सल्टेन्सीले सिट संख्याभन्दा बढी विद्यार्थी पठाउँदा समस्या देखिएको नेपाल मेडिकल काउन्सिलले जनाएको छ ।
‘बंगलादेशमा कति विद्यार्थी अलपत्र परेका छन् भन्ने दूतावासले जानकारी दिएको छैन् । विद्यार्थी सम्पर्कमा आउने क्रम जारी छ । अहिले प्राप्त जानकारीअनुसार दुई सयको हाराहारीमा एमबिबिएस अध्यनका लागि गएका विद्यार्थी अलपत्र परेका छन्,’ काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने । नयाँपत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्