सम्पादकीय

सशस्त्रलाई सैन्य ढाँचामा लगिने



काठमाडौं, २७ भदौ । अर्धसैनिक बल सशस्त्र प्रहरीको सांगठनिक संरचना र पदावधि नेपाली सेनाको ‘मोडालिटी’ मा लैजान गृहकार्य सुरु भएको छ ।  गृह मन्त्रालयले सशस्त्र प्रहरी महानिरीक्षकको पदावधि चार वर्षबाट तीन वर्षमा झार्ने र एआइजीदेखि एसपस्सम्मको पदावधिसमेत हेरफेर गरी सेनाको ढाँचामा लैजाने गृहकार्य थालेको स्रोतले बताएको छ ।

गृह मन्त्रालयमा यतिबेला संघीय संरचनामा सशस्त्र प्रहरीको सांगठानिक भूमिका र पदावधिबारे छलफल तीब्र भएको छ । तीन वटै सुरक्षा निकायमा भएको ३० वर्षे सेवा अवधि हटाउन प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री जनार्दन हर्मा दुर्व सकारात्मक देखिएका छन् । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।