सम्पादकीय

खड्कालाई जोगाउन संसदीय समितिमै चलखेल



काठमाडौं, २७ भदौ । नेपाल आयल निगमका उच्च अधिकारी र निगम सञ्चालक समितिले अनुचित लाभ लिने उदेश्य राखी ईन्धन भण्डारणका लागि जग्गा खरिद गरेको ठहर गर्दै संसदी समितिले उनीहरुमाथि प्रचलित कानुन बमोजिम कारबाही गर्नुपर्ने प्रतिवेदन तयार गरेको छ ।

निगमले ईन्धन भण्डारणका लागि भैरहवा, चितवन, झापपा र सर्लाहीमा जग्गा खरिद गर्दा जग्गाधनीले पाएको मुल्यभन्दा चार गुणासम्म बढी मुल्य तिरेर निगमलाई अत्यधिक ब्ययभार पारेको प्रतिवेदन संसद्को उधोग बाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकले पारित गरेको हो ।

निगमले झापामा ६२ लाख, सर्लाहिमा ३० करोड पाँच लाख चितवनमा ७१ करोड ९ लाख र भैरहवामा ६० करोड ७ लाख रुपैयाँमा जग्गा खरिद गरेको छ । चार ठाउँमा जग्गा खरिदमा करिब २ अर्ब २३ करोड रुपैयाँ खर्च भएको छ । नागरिकमा समाचार छ ।