सम्पादकीय

प्रधानमन्त्रीद्धारा कारबाही प्रस्ताव ल्याउन निर्देशन



काठमाडौं, २८ भदौ । नेपाल आयल निगमले जग्गा खरिदमा करिब डेढ अर्ब रुपैयाँ घोटाला भएको छताछुल्ल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई कारबाही गर्ने प्रस्ताव ल्याउन आपूर्तिमन्त्रीलाई निर्देशन दिएका छन् ।

इन्धन भण्डारणका लागि खरिद जग्गामा भ्रष्टाचार हुँदा सरकार चुप बसेको आरोप लागिरहेका बेला प्रधानमन्त्री देउवाले खड्कालाई कारबाही गर्ने अग्रसरता देखाएका हुन् । मन्त्रिपरिषदको सोमबारकै बैठकमा खड्कालाई कारबाही गर्ने प्रस्ताव तयार पार्न प्रधानमन्त्ती देउवाले मुख्सचिव रोजेन्दै किशोर क्षेत्रीलाई निर्देशन दिएका थिए । नागरिकमा समाचार छ ।