सम्पादकीय

आयल निगमको जग्गा प्रक्रिया मिचेर खरिद गरेको पुस्टी



काठमाडौं, २९ भदौ । नेपाल आयल निगमका उच्च अधिकारीले करोडौं कमिसन खाने उद्देश्यले प्रचलित कानुनी प्रक्रिया मिचेर जग्गा खरिद गरेको तथ्य भेटिएको छ । निगमले विनियमावली र सार्वजनिक खरिद ऐनअनुसार जग्गा किनेको दाबी गरे पनि जग्गा खरिद गर्दा अवलम्बन गरेको कानुनी बाटो त्रुटिपूर्ण रहेको सार्वजनिक अनुगमन कार्यालयले जनाएको छ ।

जग्गा प्राप्ति एने–२०३४ मिचेको, निगमले सार्वजनिक खरिद ऐनको दफा ७५ (२) विपरित जग्गा खरिद गरेको पाइएको सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव विनोद केसीले बताए । उद्योग वाण्ज्यि तथा उपभोक्ता हित सम्बन्ध समितिको प्रतिवेदनमा केसीले यस्तो बताएका हुन् । नागरिकमा समाचार छ ।