काठमाडौं, ३० भदौ । नेपाल आयल निगमका उच्च अधिकारीले ईन्धन भण्डारणका लागि जग्गा खरिद बोलपत्र आव्हान गर्नुपूर्व विचौलियासँग सेटिङ मिलाएर सूचना सार्वजनिक गरेको पाईएको छ ।
निगमका अधिकारीसँगको मिलेमतोमा पहिल्यै जग्गा खोजेर सोही लोकेसनलाई मिल्नेगरी बोलपत्र आह्वान गरिएको तथ्य फेला परेको छ ।
निगमले सर्लाहीमा १० देखि १५ विघा जग्गा खरिदका लागि बोलपत्र प्रकाशित गर्दा पूर्व पश्चिम राजमार्गसँगै साटेको वा राजमार्गको उत्तरतर्फ पाँच सय मिटरभित्र मात्र भनेरसाँघुरो दायरा तोकेको छ ।
स्रोतकाअनुसार निगमका कार्यकारी निर्देशक गोपालमान खड्काले काठमाडौं महानगरपालिका–३० असन कमलाछीका विनोद भण्डारीसँगको सेटिङमा उनले खोजेको जग्गाको लोकेशन पर्नेगरी सूचना प्रकाशित गर्न लगाएको हन् । नागरिकमा समाचार छ ।










प्रतिक्रिया दिनुहोस्