Banner News

सरकारले आचारसंहिता उल्लंघन गरेको छैन : उपप्रम महरा



चितवन, ३० भदौ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन नगरेको बताएकाछन ।

यहाँ आज पत्रकारसँग कुराकानी गर्दै उनले चुनावी आचारसंहितालाई ध्यानमा राखेर नै सरकारले काम गरेको बताए । उपप्रधानमन्त्री महराले भने निर्वाचन आयोगको आचारसंहिता बेगर सरकारले कुनै काम गरेको छैन । आचारसंहिता कार्यान्वयनमा सरकारले सहयोग गर्ने भन्दै उनले शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्न सबैको साथ र सहयोग जरुरत हुने बताए ।

सरकारका प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीहरु सबै राजनीतिक प्राणी भएकाले निर्वाचनमा केन्द्रित हुनु स्वाभाविक भएको भन्दै उहाँले स्वच्छ प्रतिस्पर्धाका लागि लाग्नुलाई फरक अर्थमा हेरिनु नहुने बताए ।

उनले भने आफ्ना मान्छे जिताउन प्रतिस्पर्धामा लाग्नु स्वाभाविक हो । पर्साको ठोरीमा चुनावी अभियानमा सहभागी हुन आज बिहान उपप्रधानमन्त्री महरा विमानबाट भरतपुर आएकाहुन हो । निजी नम्बरको गाडीमा उहाँ चितवनको माडी हुँदै ठोरीतर्फ जानुभएको छ /