काठमाडौ,३० भदौ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मधेशको समृद्धिका लागि सधै अगाडि बढेको नेकपा एमालेलाई प्रदेश नम्बर दुईमा कसैले चाहदैमा हराउन नसक्ने बताउनु भएको छ ।
प्रदेश नम्बर दुईका जिल्लाहरुमा चुनावी प्रचारका लागि शुक्रबार सिमरा पुग्नुभएका अध्यक्ष ओलीले त्यहाँ आयोजित सभालाई सम्बोधन गर्दै एमालेको विरोध गर्नेहरु आज आफै समाप्त हुने अवस्थामा पुगेको बताउनुभयो ।
अध्यक्ष ओलीले नेकपा एमालेको सरकारले तराई मधेशको समृद्धिका लागि आफ्नो पार्टीले विगतमा धेरै काम गरेको उल्लेख गर्दै प्रदेश नम्बर २ मा पनि नेकपा एमाले पहिलो पार्टी बन्ने दावी गर्नु भयो ।
उहाँले, वारा जिल्लाका १६ वटा स्थानीय तहमा एमालेलाई जिताउन मतदातालाई आग्रह गर्दै एमालेले तराई मधेशका महिलाहरुलाई एक वर्षमा रोजगारी दिने र रोजगारी दिन नसके भत्ता उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य केदार न्यौपाने, बलवीर चौधरी, दिनेश राई, सुन्दर विक, राजिव पहाडी, मनोज पौडेल लगायतका वक्ताहरुले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्