सम्पादकीय

घर बनाउने प्रतिबद्धता नआए भोट दिन्नौंः बाढीपीडित



वीरगञ्ज, ३१ भदौ । ‘साउन अन्तिम साता आएको बाढीले पर्सा जिल्लामै सबैभन्दा बढी क्षतविक्षत भएको गाउँ हो पटेर्वासगौली गाउँपालिकाका मोर टोल । ८० घरधुरी रहो मोर टोलका हरेक घर बाढीले भत्किएका छन् । तीन दर्जनभन्दा बढी घर बस्नै नसक्ने अवस्थामा छन् । बाढीले घर भत्काएपछि पीडित त्रिपाल टाँगेर जीवन गुजारा गरिरहेका छन् ।

बाढीले बस्तीमा बिनास गरेको एक महिना बित्दासमेत मोर टोलमा न त अहिलेसम्म सरकारको तर्फबाट कुनै राहत पुगेको छ नत कुनै राजनीतिक दलका नेता एक पोका भुजा नै लिएर पुगेका छन् । केही गैरसरकारी संघसंस्था र समाजिक आभियान्ताले बाँडेको त्रिपाल तथा भुजा र चामलको भरमा मोर टोलका वाढीपीडितले दिन व्यतित गरिरहेका छन् ।

‘चुनावको चहलपहल बढेपछि भोट माग्न आउने नेताको त ताँती नै लागेको छ, तर जब हामी हाम्रो पीडा सुनाउँछौ उनीहरु मुख फर्काएर हिँड्छन्,बाढी पसेर भत्किएको फूसको टहराछेउमा टाँगिएको त्रिपालमुनि भेटिएका ६५ वर्षीय वृद्ध दीपनाथ राउत बिनले भने, ‘घर भत्किएर बस्न सक्ने अवस्थामा छैन, त्रिपालमुनि सुत्न थालेको एक महिना वितिसक्यो तर हाम्रो घर कसले बनाइदिने हो कुनै अत्तोपत्तो छैन । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।