धनुषा, ३१ भदौ । जनकपुरर महोत्तरीर लहान स् जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन् ।
‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज-जसले दिए, लिएँ’, उनले भने, ‘टिसर्ट सबैको लिने, भोट इच्छा लागेको ठाउँमा हाल्ने ।’
चुनाव प्रचारको अन्तिम दिन राजपाले जनकपुर उपमहानगरपालिकामा निकालेर्को यालीमा १९ वर्षीय निरज महतो भेटिए। र्‘यालीमा आएपछि खाजा र खानाको व्यवस्था हुन्छ। रमाइलो पनि हुन्छ। त्यसैले आएको’, उनले भने।
जनकपुरमै रहेको एउटा पेट्रोल पम्पमा कांग्रेसको झन्डा बोकेको एउटा ठूलो हुल मोटरसाइकलमा पेट्रोल भर्दै थियो। ‘चुनावभरि गाडीमा तेल, गोजीमा रजनीगन्धा, पानमसला र खानामा मासुभातको पूर्ण व्यवस्था उम्मेदवारको तर्फबाट भएको छ’, हुलभित्रै कार्यकर्ता गफिँदै थिए।
शुक्रबार जनकपुरमा देखिएका यी दृश्य प्रदेश २ का आठै जिल्लामा चुनाव अवधिभर सरीबरी देखिए। चुनावमा ‘पैसाको खोलो’ बगेको बाक्लै चर्चा घरदेखि चियापसलसम्म प्रशस्त सुन्न पाइन्छ। ‘मनोनयन हुँदादेखि नै पैसाको व्यापक चलखेल भएको छ’, नेपाल पत्रकार महासंघ धनुषा जिल्ला अध्यक्ष अनिल मिश्र भन्छन्, ‘प्रचारप्रसारमा उत्तिकै भयो। अब मौन अवधिमा मतदाता प्रभावित पार्न खोजिन्छ ।’
जनकपुर उपमहानगरपालिकामा कांग्रेस मेयरका प्रत्याशी मनोज साहले रामानन्द चोकस्थित सीता प्यालेस आफ्ना प्रचारकका लागि बुकिङ गरेका छन् । उनको कुवारामपुरस्थित घरमा पनि दैनिक २ सय भन्दा बढीको भोज हुने गरेको छ। राजपाका तर्फबाट मेयर प्रत्याशी लालकिशोर साहले जनकपुरका युवा क्लबलाई समातिरहेका छन् । ‘विगतमा सञ्जय साहले ती क्लब प्रयोग गरेका थिए’, एक जानकार दाबी गर्छन् ।
जनकपुरमा जस्तै वीरगन्ज, कलैया, गौर, चन्द्रनिगाहपुर, मलंगवा, बर्दीवास, जलेश्वर, लहान, राजविराज आदि ठाउँमा पनि उम्मेदवारबीच पैसा खर्च गर्ने होड नै चलेको छ। प्रचारको अन्तिम दिन शुक्रबार सिरहाको कर्जन्हा नगरपालिकाका माओवादी केन्द्रका मेयर उम्मेदवार गंगा पासवानले ३ सय मोटरसाइकल र्याली निकाले ।अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्