सम्पादकीय

आर्थिक लोभले पद चैट, निगमका कार्यकारी निर्देशक खड्का बर्खास्त



काठमाडौं, ३ असोज । चारबर्षे कार्यकालका लागि नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नियुक्त गोपाल खड्का ‘आर्थिक अनियमिततामा लिप्त हुँदा’ आफ्नो पदावधि नपुग्दै पदबाट बर्खास्त भएका छन् ।

सडक डिभिजनबाट अवकाश लिएपछि निगमको नेतृत्वमा आएका खड्काले इन्धन भण्डारणका लािग जग्गा खरिदमा अनियमितता गरेका कारण सरकारले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

आपूर्तिमन्त्री शिवकुमार मण्डलको प्रस्तावमा सोबारको मन्त्रिपरिषद् बैठकले खड्कालाई पदबाट हटाउने निर्णय गरेको छ ।

खड्काका अनियमितता छरपस्ट हुँदा पनि कारबाही नगरेको भन्दै सरकारको आलोचाना भएको थियो । नागरिक दैनिकमा समाचार छ ।