Banner News

मन्त्रिपरिष विस्तार बारे अध्यक्ष ओली कोआक्रोश



भक्तपुर, ३ असोज । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले मन्त्रिपरिषद् विस्तार गरेर ५६ जना पु¥याएको भन्दै आक्रोश व्यक्त गरे ।

आज चाँगुनारायण नगर कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले राज्यले थेग्नै नसक्ने गरी मन्त्रीको सङ्ख्या थपेको बताए । यो गरिब देशमा ५६ जना मन्त्री किन चाहियो ओलीले भने ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन भयो, यसो गर्नु भएन, निर्णय सच्याऊ भनिरहे पनि सरकारले नसुनेको टिप्पणी गरे ।

चुनाव नगर्ने षडयन्त्रमा सरकार लागेको बताउँदै उनले दलबीच पहिला नै सहमति भएको विषयलाई प्रधानमन्त्रीले मतपत्रको बखेडा झिकेर चुनाव बिथोल्न खोजेको आरोप लगाए । चुनाव नहुने षडयन्त्रलाई एमालेले कुनै हालतमा सफल हुन नदिने उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेकालाई अध्यक्ष ओलीले टीका, माला र खादा लगाएर स्वागत गरेका थिय।