सम्पादकीय

मतगणास्थलमा झडप, एमाले उम्मेदवारको टाउको फुट्यो



रौतहट, ४ असोज । वृन्दावन नगरपालिको मतगणनास्थलमा झडप भएको छ । झडपमा एमाले उम्मेदवारको टाउको फुटेको छ । एमाले सांसद रामकुमार भट्टराई गणनास्थल पुगेपछि झडप भएको हो । भट्टराई त्यहाँ पुगेपछि कांग्रेस कार्यकर्ताले उनी धाँधाली गर्न आएको भन्दै विरोध गरेका थिए । एमाले कार्यकताले प्रतिवाद गरेका थिए ।

सो क्रममा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप भएको थियो । झडपमा वृन्दावन नगरपालिका–६ का एमाले वडाध्यक्ष उम्मेदवार धर्मेन्द्र पटेल र एमाले कार्यकर्ता सुनील पटेलको टाउको फुटेको छ । नयाँ पत्रिकामा समाचार छ ।