सम्पादकीय

लापरबाहीले सवारी दुर्घटना भए दश वर्षसम्म कैद



काठमाडौं, ४ असोज । लापरबाही ढंङ्गबाट सवारी चलाएर दुर्घटना गराएमा चालकले अब दश वर्षसम्म कैद हुने भएको छ । व्यवस्थापिका संसद्ले केही नेपाल ऐन संशोधन विधेयक पारित गर्दै सवारी कसुरमा कम्तीमा तीन वर्षदेखि दश वर्षसम्म कैद सजाय हुने व्यवस्था पारित गरेको हो ।

पारित विधेयक २०७५ भदौं १ गतेदेखि कार्यान्वयनमा आउनेछ । सवारी चालकलाई कम्तीमा ३० हजारदेखि एक लाख रुयैयाँसम्म जरिवानासमेत हुनेछ ।

कानुन, न्याय तथा संसदीय मामिालामन्त्री यज्ञबहादुर थापाको प्रस्तावले केही नेपाल ऐन संसद्ले मंगलबार पारित गरेको हो । विधेयक दुई वर्षदेखि संसद्मा विचाराधीन थियो । गोरखापत्रमा समाचार छ ।