काठमाडौं, ४ असोज । डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनलाई १० बर्षभित्र उपत्यकाबाट पूर्ण रुपमा हटाएर विद्युतीय गाडी ल्याउन संसदमा संकल्प प्रस्ताव पेस भएको छ । यी सवारी साधन नै वायु प्रदुषण्को मुख्य कारक रहेको भन्दै तिनलाई हटाउन संसदमा संकल्प प्रस्ताव पेस भएको हो ।
वातावरणविदहरुका अनुसार काठमाडौंमा वायु प्रदुषणको करिब ६० प्रतिशत हिस्सा गाडीको धुँवाले ओगटेको छ । कांग्रेस सांसद एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले संसद्मा प्रस्ताव दर्ता गराएका हुन् ।
उनले काठमाडौं उपत्यकामा सन २०२७ सम्ममा र नेपालबाटै सन २०३१ सम्ममा पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन पूर्ण रुपमा विस्थापित गरी विद्युतीय गाडी प्रयोगमा ल्याउने संकल्प घोषणा माग गरेका छन् । कान्तिपुरमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्