काठमाडौं, ६ असाेज । यात्रुबाहक बस, मिनिबस र माईक्रो बसको लाम लागेको थियो । झिटीगुन्टा बोकेर हतारिँदैआउने यात्रुको भीड लागेको थियो । ओखलढुंगा, रामेछाप, सोलुखुम्बु, खोटाङ भन्दै यात्रु बोलाउन ब्यस्त थिए, सञ्चालकहरु ।
अचेल काठमाडौंको चावाहिलमा हरेक दिन देखिने दृश्य हो यो । अरुबेला दैनिक पाँचदेखि सातवटा बस छुट्ने चावाहिलबाट अहिले पुर्वी पहाडका लागि ३० भन्दा बढी बस छुट्छन् । तिनमा पनि खचाखच हुन्छन् घर फर्कँने यात्रु ।
चावहिलबाट मात्र होइन, अचेल नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, बल्खु, कलंकी लगायतका स्थानमा पनि हरेक दिन यस्तै दृश्य देखिन्छ । उपत्यकाबाट बाहिरिनेको चाप बढ्नुको कारण हो दशैं । दशैं मनाउँन काठमाडौंबाट बाहिरिने बढ्दै जाँदा उपत्यकामा भने भिडभाड घट्न थालेको छ । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्