काठमाडौं, ६ असोज । यात्रुवाहक बसमा गुणस्तरीय सुविधा थपिने क्रम जारी छ । विगतमा भन्दा पछिल्लो समय सुविधासहितका यात्रुवाहक बस सञ्चालनमा आएका छन् ।
पोखरामा अत्याधुनिक सुविधा सम्पनन विश्व स्तरकै सुविधा भएको बस भित्रिने भएको हो । यसअघि एसियाकै उत्कृष्ट बस सञ्चालनमा ल्याएको पोखरा जगदम्बा ट्राभल्सले दर्शैमा विश्वस्तरीय बस सञ्चालनमा ल्याउने भएको हो ।
पोखरा–काठमाडौं लक्षित गरी पहिलो चरणमा दुईवटा अत्याधुनिक बस सेवा असोज ७ गतेबाट सञ्चालनमा ल्याइने जगदम्बा ट्राभल्सका सञ्चालक केशवप्रसाद अधिकारीले बताए । कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्