काठमाडौं, ६ असोज । एएफसी अन्डर सिक्टीन छनोट च्याम्पियसिप प्रतियोगिता अन्र्तगत समूह ‘डी’ को खेलमा आज नेपालले पाहुना टोली भारतसँग प्रतिस्पर्धा गर्दै छ । जारी एएफसी यू–१६ छनोट च्याम्पियसिप प्रतियोगिता अन्र्तग समूह ‘डी’को दोस्रो खेलमा आज नेपालले पाहुना टोलि भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
पहिलो खेलमा डिफेन्डिङ च्याम्पियसँग पराजित भएको नेपाल अघिल्लो चरण प्रवेशका लागि आज जित्नै पर्ने दबाब छ । घरेलु मैदानमा हुने खेलमा नेपाली खेलाडी जीतको खोजी गर्दै उच्च मनोबलका साथ उत्रिनेछन् ।
प्यालेस्टानमाथि सहज ३–० को जीत निकालेको भारतले अघिल्लो चरणको यात्रालाई सहज बनाउन जीतको खोजीमा मैदान उत्रिनेछ । छनोट खेल अन्र्तगत अन्तिम खेलमा नेपालले आइतबार प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्ने छ ।
यस्तै, उता बंगलादेशमा जारी साफ यू–१८ प्रतियोगितामा आजै नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै छ । पहिलो खेलमा भुटानसँग लज्जास्पद हार भोगेको नेपालले जीतको खोजीमा मैदान उत्रिने छ । प्रतियोगितामा आयोजक भुटानसहित नेपाल, भारत, बंगलादेश र माल्दिभ्स रहेका छन् ।
नेपालले अब २५ सेप्टेम्बरमा बंगलादेशसँग खेल्ने छ भने अन्तिम खेल भारतसँग २७ सेप्टेम्बरमा प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्