Banner News

इस्लाम धर्मावलम्बीको आज नयाँ वर्ष



कपिलवस्तु, ६ असोज । इस्लाम धर्मावलम्बीको आजदेखि नयाँ वर्ष सुरु भएको छ ।

इस्लाम धर्मावलम्बीको आजदेखि हिजिरी सम्बतको सुरुवात भएको हो । आज हिजिरी सम्वत १४३९ साल मोहरर्म महिनाको १ तारिख अर्थात १ गते हो ।

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्ष माने झै मोहरर्म महिनाको पहिलो दिन आज नयाँ वर्षको रुपमा मुस्लिम समुदायले मनाइरहेका छन् ।

हिजिरी सम्वत इतिहासको पुरानो साल गते माहिना नाप्ने एकाईको रुपमा स्थापित भएको बताइन्छ । हिजीरी सम्बतको सुरुवात हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमले मक्का छोडेपछि भएको मौलाना कारी कमरुदिन सिद्धिकीले बताए ।

हिजरत इतिहासलाई हिजिरी भनिन्छ । इतिहासमा उल्लेख गरिएअनुसार हजरत मोहम्मद सल्लाहु अलैही वसल्लमको दोस्रो प्रतिनिधि राजा हजरत उमर फारुखले आफ्नो पालामा लागु गरे ।