काठमाडौं, ७ असोज । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्रनारायण देवले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीब गौतमलाई सुक्रबार चौबीस घन्टे स्पष्टीकरण सोधेका छन् ।
मुलुकको उड्डयन क्षेत्रको नियमक निकाय प्राधिकरणका महानिर्देशक गौतमलाई जसरी पनि मदमुक्त गर्ने उदेश्य लिएर मन्त्री देवले सरकारी बिदाको दिन (बिहीबार) मन्त्रालयमा सचिव महेश्वर न्यौपानेलगायत उच्च अधिकारीसँग बैठक बसी चौबीस घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।
‘गौतमलार्य चौबीस घन्टे स्पष्टीकरण सोध्ने मन्त्रीस्तरीय निर्णयको पत्र नागरिक उड्डयन प्राधिकरणमा पठाएको छ ,’ पर्यटन मन्त्रालय स्रोतले भन्यो, ‘त्यसको जवाफ आइतबारभित्र आउँछ होला । नागरिकमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्