Banner News

भंगहा नगरपालिका र एकडरा गाउँपालिकामा राजपा विजयी



गौशाला, ७ असोज । स्थानीय तह निर्वाचनका लागि तेस्रो चरणमा सोमबार भएको मतदानमा महोत्तरी जिल्लाका थप दुई स्थानमा राजपा नेपालले विजयी हासिल गरेको छ ।

मुख्य निर्वाचन अधिकृत किरणकुमार पोखरेलका अनुसार भंगहा नगरपालिका प्रमुखमा राजपा नेपालका संजीवकुमार साह चार हजार चार सय ७८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपप्रमुखमा सोही दलकी गंगाकुमारी सिंह दनुवार चार हजार तीन सय ९६ मत ल्याएर विजयी भएका छन् ।

उनीहरुका निकटतम प्रतिद्वन्द्वी क्रमशः नेपाली कांग्रेसका ओमशंकर यादवले तीन हजार सात सय ६६ र राजनारायण साहले तीन हजार ६६ मत ल्याएका छन् ।

त्यसैगरी एकडारा गाउँपालिका अध्यक्षमा राजपाकै रामछविला साह दुई हजार तीन सय १८ मत ल्याएर विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा सोही दलकी महजवी खातुन दुई हजार दुई सय ५२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत पोखरेल बताए ।

उनका निकटतम प्रतिद्वन्द्वीमा क्रमशः संघीय समाजवादी फोरम नेपालका दीपनारायण मण्डलले एक हजार नौ सय ६८ र निर्मलाकुमारी यादवले एक हजार नौ सय ९५ मत ल्याएका छन् ।