सम्पादकीय

नापी विभागसँग चोरीको सफ्टवेयर, नक्सा जोखिममा



काठमाडौं, ८ असोज । नपी विभागले प्रयोग गर्दै आइरहेको भौगोलिक सूचना प्रणाली (जिआइएस) सम्बन्धी सफ्टेवेयर चोरीको (पाइरेटेड) भएको पाइएको छ ।

विभागले ‘इसरी इन्क’ नामक अमेरिकी कम्पनीको ‘आर्क जिआइएस’ सफ्टेवेयर अनधिकृत रुपमा महत्वपूर्ण तथ्यांक संकलन तथा अपडेट गर्ने कार्यमा प्रयोग गरिरहेको छ । इसरी इन्डियाका नेपाल हेर्ने विवेक चाहानका अनुसार ७–८ वर्षयता नापी विभागले आफूबाट जिआइएस अनुातिपत्र नलिएको बताए ।

नापी विभागको सर्भे तथा नाप नक्सासम्बन्धी कामका लागि जिआइएस सफ्टवेयर सबैभदा महत्वपूर्ण हुन्छ । विभाग र मातहत शाखा तथा ७५ वटै जिल्ला कार्यालयको काममा दैनिकजसो उपयोगमा आउने सफ्टवेयर भने सम्न्धित कम्पनीको अनुमतिविना नै प्रयोग भइरहेको छ । नयाँ पत्रिका समाचार छ ।