काठमाडौं, ११ असोज । दशैं सचेत भएर मासु उपभोग गर्न विज्ञले सुझाव दिएका छन् ।
विज्ञका अनुसार यो समयमा मासुको गुणस्तर नहेरी जथाभावी सेवन गरिए धेरै प्रकारका रोगबाट पीडित हुने खतरा बढ्छ । विज्ञहरूले दशैंमा सकेसम्म ‘थोरै खाऔं तर गुणस्तरीय शुद्ध मासु नै सेवन गरौं’ भन्ने सुझाव दिएका छन् ।
दशैंमा सबैभन्दा बढी खसीबोकाको मासु उपभोग हुन्छ । सामान्य समयभन्दा यो समयमा झन्डै आठ दोब्बर हाराहारीमा मासु खपत हुन्छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्यविद् हस्तबहादुर राईका अनुसार मासु खरिद गर्दा हरियो र कालोजस्तो देखिने, च्यापच्याप लाग्ने र दुर्गन्ध आउने मासु खरिद गर्न हुँदैन ।
उनका अनुसार बोसो भएको मासु पनि सकेसम्म खरिद गरी उपभोग गर्नुहुन्न । नेपाली बजारमा उत्पादन हुने मासुमध्ये करिब ८० प्रतिशत मासु अस्वस्थ्यकर छन् । मासु उत्पादन हुने मूल स्रोत बधशाला नै अव्यावहारिक भएकाले शुद्ध मासुको अपेक्षा गर्न नसकिने उनको ठहर छ । अन्नपूर्ण पोस्ट्मा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्