सम्पादकीय

‘चिकित्सकविरुद्ध जाहेरी प्रहरीले दर्ता गरेन’



काठमाडौं, ११ असोज । नर्भिक अस्पतालमा उपचारका क्रममा १६ महिने छोरीको मृत्यु भएको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न नमानेको भन्दै पीडित परिवारले आपत्ति जनाएका छन् ।

काठमाडौं मैतीदेवीका रमेश आचार्यकी १६ महिने छोरी भिक्टोरियाको उपचारका क्रममा नर्भिक अस्पताल थापाथलीमा मृत्यु भएको थियो । छोरीको मृत्यु हुनुमा चिकित्सकको लापरबाही प्रमुख कारक रहेको दाबी आचार्य परिवारको छ । चिकित्सकले भने आचार्यको दाबीलाई अस्वीकार गरेका छन् ।

‘दोषीमाथि कारबाहीको माग गर्दै पेस गरिएको जाहेरी प्रहरीले दर्ता गरेन,’ मृतक बालिकाको पिता रमेश आचार्यले भने । नागरिकमा समाचार छ ।