काठमाडौं, ११ असोज । विजया दशमीको सातौं दिन आज घर–घरमा फूलपाती भित्र्याइँदै छ ।
फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । महासप्तमी देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा भव्यताका साथ मनाउने गरिन्छ ।
आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई फूलपाती भनिन्छ । नवदूर्गा पूजास्थलमा केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक, जयन्तीलगायत फूलपाती भित्र्याइने गरिन्छ ।
गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुले हनुमानढोकास्थित दशैंघरमा भित्र्याउनुका साथै साइत हेरेर टुँडीखेलमा नेपाली सेनाको एक टुडकीले फूलपाती बढाईं गर्ने परम्परा रहेको छ ।
समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायतको उपस्थिति रहने गरेको छ ।
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्