काठमाडौं, १८ असोज । सरकारले बागमती अञ्चलमा दर्ता गर्न तथा सञ्चालनमा प्रतिबन्ध लगाएको ट्रयाक्टर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै सञ्चालन भइरहेको पाइएको छ ।
यातायात व्यवस्था विभागले अघिल्लो साता गरेको अनुगमनबाट यस्तो फेला परेको हो । सरकारले २०५२ सालमै बागमती अञ्चलमा ट्रयाक्टर दर्ता नगरिने र सडकमा गुडाउनसमेत नपाउने निर्णय गरेको थियो । यस्तै, विमानस्थलमा विभिन्न एयरलाइन्स कम्पनीहरुले सञ्चालन गर्दै आएका सवारीसमेत बिनादर्ता सञ्चालन भइरहेको विभागले जनाएको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईका अनुसार सवमानस्थलमा भारतीय नम्बर नम्बर प्लेटका सवारी समेत प्रयोग भएको पाइएको छ । कारोबारमा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्