काठमाडौ ,२० असोज । नेकपा एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई बुढो रुखको संज्ञा दिएका छन् ।
एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो संज्ञा दिनुभएको हो । ‘काम नलाग्ने बुढो रुखको जरामा पानी र युरिया हाल्नुको कुनै अर्थ छैन,’ कांग्रेसप्रति संकेत गर्दै ओलीले भने, ‘एमाले नयाँ विरुवा हो, तपाईँहरुले हालेको पानी, युरिया र मल यसमा काम लाग्छ । ढिलै गरेर भए पनि तपाईँहरुले पार्टी पहिल्याउनु भएको छ । यो खुशीको कुरा हो ।’
ओलीले डाक्टर, बैद्यका पार्टीले अब काम नदिने भन्दै नयाँ नीतिका साथ अघि बढेको एमालेले मात्रै देशको नेतृत्व गर्ने दाबी गरे । ‘२००६ सालमा एउटै कम्युनिष्ट पार्टी रहेको नेपाल कम्युनिष्ट पार्टी फेरि एक हुने भन्ने चर्चाले नै धेरैको दिन हराम भएको छ,’ उने भने,, ‘हामी पूरै मिल्ने भनेका पनि छैनौँ । अहिले त चुनावी तालमेल मात्र गर्ने भनेका छौँ । यसो भन्दा त आत्तिनेहरु पूरै मिल्दा कसो गर्लान ?
उनले चुनावी तालमेल एमालेले बुहमत ल्याउनका लागि नभएको पनि प्रष्ट पारे । ‘निर्वाचनमा गएपछि एमालेले बहुमत ल्याउने निश्चित छ,’ उनले भने, ‘हामीले तालमेल बहुमतका लागि होइन देश बनाउनका लागि गरेको हो ।’
उनले बाम तालमेललाई महायज्ञको संज्ञा पनि दिए। ‘अहिले केही यो महायज्ञ विथोल्न लागि परेका छन्,’ उनले भने, ‘यज्ञमा आहुति दिनेको सङ्ख्या बढिरहेका बेला यस्ता प्रयास सबै असफल बन्छन् ।’
उनले तीन जना पूर्व प्रधानमन्त्री भएको पार्टी नेपालमा एमाले मात्र रहेको पनि दाबी गरे । उनले डीआइजीलाई समेत न्याय दिन नसक्ने कांग्रेस नेतृत्वको सरकारले गरिवलाई न्याय दिने झन कुरै भएन ।
नेपालपाटीबाट
प्रतिक्रिया दिनुहोस्