Banner News

आजको एमालेबैठकमा प्रतिनिधि रप्रदेशसभा निर्वाचनका सिफारिसहरुबारे समेत छलफल हुने



काठमाडौ,२१असोज । एमालेको नेतृत्वमा वामगठबन्धन बनेपश्चात शनिबार पहिलोपटक स्थायी कमिटि बैठक बसाल्दैछ । पार्टी कार्यालय धुम्बाराहीमा बिहान ११ बजे बस्ने बैठकमा वाम गठबन्धन, घोषणापत्र निर्माण र भावी रणनीतिलगायत विषयमा छलफल हुने बताइएको छ ।

चुनावी तालमेल, घोषणापत्र निर्माण र भावी रणनीति बैठकको मुख्य एजेन्डा भएको एमाले महासचिव ईश्वर पोखरेल जानकारी दिए । उनका अनुसार बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच तालमेल गरेर चुनाव लड्ने र निर्वाचनपछि पार्टी एकता गर्ने सहमति बने पनि विभिन्न अस्पष्टताहरु कायमै भएकाले यसवारे पनि छलफल गरिनेछ ।

बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टी कमिटीले गरेका सिफारिसहरुबारे समेत छलफल हुने बताइएको छ । नेपालपाटीबाट