काठमाडौं, २४ असोज । सरकारले १० र २१ मंसीरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्ने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ५छ दिनका लागि ९८ हजार दुई सय ६८ म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलेमात्र निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नसक्ने निष्कर्षसहति सरकारले म्यादी प्रहरी भर्ना गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयले नेपाल प्रहरी सशस्त्र प्रहरी खटाउँदा पनि करिब एक लाख सुरक्षाकर्मी खपुग हुने निष्कर्ष निकाल्दै म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको थियो । नयाँ पत्रिकामा समाचार छ ।
प्रतिक्रिया दिनुहोस्