सम्पादकीय

निर्वाचन सार्न सरकारको अनौपचारिक प्रस्ताव



काठमाडौं, २४ असोज । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचन २१ मंसिरमा एकै चरणमा गर्ने औपचारिक प्रस्ताव गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत त्यस्तो प्रस्ताव गरेका हुन् । तर, राष्ट्रपति भण्डारीले निर्वाचन सार्दा गलत सन्देश प्रवाह हुने भन्दै सरकारलाई सचेत गराएकी छिन् ।

प्रधानमन्त्रीको सन्देश लिएर अर्थमन्त्री कार्की शनिबार बेलुका शीतलनिवास पुगेका थिए । ‘अहिले दलहरु आन्तरिक गठबन्धनमा लागेकाले उम्मेदवार चयनका लागि पनि समयको दबाब परेको अवस्था छ, त्यसकारण समानुपातिक र प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कम्तीमा पाँचच दिन सार्नु पर्ने जस्तो देखिन्छ,’ राष्ट्रिपतिसमक्ष अर्थमन्त्रीले राखेको प्रस्तावको उद्धृत गर्दै स्रोतले भन्यो । नयाँ पत्रिकामा समाचार छ ।